Thursday, May 10, 2012

चाल सोच्यौ की के हो ?(१)


निर्मला खड्का 


जिन्दगी नै तिमीले चालेको चाल सोच्यौ की के हो ?
कपटीको मनले बुनेको जाल सोच्यौ की के हो ?

आफैसंग हारेर जितेको संसार भन्दैछौ अझै
माया पनि जुवामा जितेको माल सोच्यौ की के हो ?

मेरो जीवन प्रेमको मैदान भन्दै हिड्छौ रे सधै
युद्धबाट जोगाई रहने ढाल सोच्यौ की के हो ?

कमजोरी भुलेर अर्कैको कुरा काटेर फेरि
सबै उस्तै बैराग बैराग हाल सोच्यौ की के हो ?

हाने भन्छौ घाइते मनमा तिखो शब्दका गोली
प्रेमभाषा नबुझी बन्दुकको नाल सोच्यौ की के हो?

No comments:

Post a Comment