Monday, May 14, 2012

त्यो पापी

निर्मला खड्का 


मेरो घरको गली वरिपरी एउटी पागल केटी हिड्ने गर्छे । कहिले उसको हातमा प्लास्टिकका झोला हुन्छन भने कहिले बोराहरू । त्यहि बोरा थैला थैली बोकेर दिनहुँ भुइँमा के के खोजे जस्तो गर्दै केहि टिपेर आफुले बोकेको थैलोहरुमा राख्दै हिड्छे । भर्खरै यौनास्थामा पाइला टेकेकी छ ।झट्ट हेर्दा उमेर बाइस चौबिस कि जस्ती देखिन्छे । कालो लामो कपाल जिंगरिङ्ग फैलिएर लट्टीएको हुन्छ सधै जसो । शरीरका लुगाफाटा उस्तै अस्त व्यस्त हुन्छन । प्राय: फाटेका पनि हुन्छन र उसको शरीरलाई नंगयाएको हुन्छ कति ठाउँमा । केहि उत्ताउला केटाहरु ढुंगा हानेर जिस्काउन पनि पछी पर्दैनन् । ऊ सधै जसो शान्त हुन्छे । कसैलाई हान्ने बिगार्ने गर्दिन । कसैले बोलायो भने एकोहोरो हेर्ने गर्छे ्र कहिले काही मुसुक्क हाँसी पनि दिन्छे । समाजसेवामा लागेका महिलाहरुले समय मिलाएर उसलाई न्वाइधोई गरि कपाल कोरेर लुगा फेरी दिने गर्छन । त्यति बेला उसको रुप पुर्णिमाको जुन जस्तै धप्पक बलेको हुन्छ तर भोलि पल्ट उसको उस्तै हाल भएको देख्छु ।निक्कै राम्री छ ऊ । गोरी हिस्सी परेकी.सिंगारिएर हिड्ने हो भने कुनै चलचित्रकी नायीका भन्दा कम हुने थिइन् । ऊ बौलाही नभएर कुनै सद्धे केटी हुदी हो त कति केटा उसको हात माग्न उसको आमा बाबुको अघि पुग्थे होला । दिनहुँ उनको घरको फेरो लगाउथे होला ।
तर के गर्नु नियतिको खेल यो । बुझ्नै नसकिने रहेछ । आज ऊ बहुलाएकी ले सबैको हाँसोको पात्र भएकी छ । अचानक देखा परेकी यो केटी कहाँबाट आइ कसैले थाहा पाउन सकेका छैनन् । हिजो आज उसको क्रियाकलापहरुमा अलि भिन्नता देख्दै छु म । अलि सुस्त देखिन्छे फ। त्यत्ति सडकमा डुलेको पनि देख्दिन । पेट पनि डम्म फुलेको छ र ऊ दुब्लाएकी छ । बिरामी जस्ती देखिन्छ हेर्दा पनि । "चिसोले पो हो कि ? नत्र के नै भयो होला र यसरि पेट बढ्दै जाने र ऊ दुब्लाउदै जाने" । गहिरो नज़र लगाएर हेर्दै मैले यस्तै कुराहरु सोच्दै थिए । मेरो छेउ बाटै आवाज आउछ " ती बौलाही केटीलाई पनि छोडेनन । कसले कहिले बलात्कार गरको हो खै । अहिले ऊ सात महिना कि गर्वावती पो छे " दुइ महिलाहरु मेरै छेउबाट यस्तै कुरा गर्दै अगाडी बढे । मेरा कानहरुमा यी शब्दहरु कुनै क्षेप्रास्त्र भन्दा कम थिएनन् । उफ्फ्फ़ को होला त्यो पापी ? कस्तो निर्दयी राक्षस होला । पक्कै मानवको रूपमा कुनै जनवार नै हुनु पर्छ त्यो । म नै पागल हुन्छु जस्तो लग्यो यो सुनेर । उसलाई एक नज़रले हेरी कुनै पागल झैँ नै घर तिर दौडे म ।

No comments:

Post a Comment