Wednesday, May 23, 2012

रात ढल्दै छ चुपचाप यहाँ


रात ढल्दै छ चुपचाप यहाँ
दियो बल्दै छ चुपचाप यहाँ ।

कति सहनु ,समयको मार

तन गल्दै छ  चुपचाप यहाँ  ।

भारी बिसायौ,अंगालोमा कस्को
बात खल्दै छ चुपचाप यहाँ  ।

हारेको हैन, बिबशता हो कि
दीन टल्दै छ चुपचाप यहाँ  ।

बसाईं सार्यो बस्तीबाट कस्ले
चीता जल्दै छ चुपचाप यहाँ  ।

निर्मला खड्का

No comments:

Post a Comment