Wednesday, May 23, 2012

कति उठायौ,बास गन्दै छु


कति उठायौ,बास गन्दै छु
छन जिवितै ,लाश गन्दै छु ।

गाउँ शहर  देशै लुट्दै छन्
तिनै पालेका,दास गन्दै छु । 

बन्यो निशाना छाती बैरीको
बाँकी बचेको,सास  गन्दै छु ।

झुठो कसम, खाइ  दिएका
थोत्रा आशाका, रास गन्दै छु ।

भिज्छ परेली भोको पेटमा 
पुछ्दै आँशु, गास गन्दै छू ।

नीम्तो छ खेल्ने,जीत्नै छ बाजी
पत्ती ती चिन्न, तास गन्दै छु ।

आफ्नो पराइ चिन्नै भो गाह्रो
को को रैछन ,खास गन्दै छु ।

निर्मला खड्का 

No comments:

Post a Comment