Thursday, June 7, 2012

मिलि बन्छन् गीतहरू


कहीँ आशु कहीँ हाँसो मिलि बन्छन् गीतहरू
उर्लिएर भावना ती बनि दिन्छन शीतहरू


जून आउँछ हर रात कथा बोकि विहानीको
चिरिन्छ यो छाती देख्दा आउने जाने रीतहरू



खोज्छ मुटु अधिर भै हर पल साथ उहि
कहाँ पाउँ छुटेका ती आफ्नै प्यारा मीतहरू


खुशी देख्छ दुनियाँले नक्कली यो हाँसो भित्रै
कोहि त् भन यी मेरा, हार हुन् कि जीतहरु

अपुरो झै लाग्छ सधै, पाउँदा र गुमाउँदा
अजम्बरी प्यास बने मनका यी धीतहरू ।

निर्मला खड्का
भैरहवा (हाल इज्राइल)

No comments:

Post a Comment