Sunday, September 16, 2012

लगाव अनौठो


भेटिनु छुटिनु नियती लगाव अनौठो
एकैपलको प्रेमिल त्यो प्रभाव अनौठो !!

चाहन्छु तिम्रो खुशी भन्दै चुम्दा यी अधर
मदहोस आँखामा बिन्ती दबाब अनौठो !!


सोध्ने गर्छु बताससंगै खबर पूर्वको
जिस्काउदै जुनले दिन्छे जबाब अनौठो !!

अनुभूती आभासमा छ दिन रात साथ
कहिले काहीं सम्झनामा अभाव अनौठो !!

निर्मला खड्का

No comments:

Post a Comment