Sunday, September 16, 2012

हेर सरकारको बोली बिक्दै छ


हेर सरकारको बोली बिक्दै छ
कठै मजदुरको भोली बिक्दै छ ।

सक्छौ जाऊ उठाउ लिलामी हाट
सस्तैमा गरीबीको चोली बिक्दै छ ।

बिक्यो तराई संगै नाम पुर्खाको
सबै सकियो अब खोली बिक्दै छ।

मर्यो स्वाभिमान ,मार्न मानवता
हतियार बारुद गोली बिक्दै छ ।

कोहि त आउँ किन्न श्रम यिनको
युवा जनशक्तिको टोली बिक्दै छ ।

निर्मला खड्का

No comments:

Post a Comment