Wednesday, October 31, 2012

म भूलको बाटोमा छैन


म भूलको बाटोमा छैन
हो जिन्दगी पाटोमा छैन !

ठेस लाग्छ  पुरानै घाउ
दुखाई  खै  खाटोमा छैन  !

थपिएछन् अनेकौ रङ्ग
खिलेको त्यै टाटोमा छैन !

भावना पो अलग थलग
फरक कुनै आटोमा छैन !

तिम्रो खुशी अन्तै छ भने
बेखुशी यो फाटोमा छैन  !

पाउनु गुमाउनु एकै  छ
हिसाब चै साटोमा छैन !

गाउँमा थ्यो  सुगन्ध जुन
परदेशीको माटोमा छैन !

No comments:

Post a Comment