Friday, November 30, 2012

तस्बिर लिएर नज़रमा उसैको


तस्बिर लिएर नजरमा उसैको
भेट्टीनु छ अर्थ शहरमा उसैको  ।

पाउनु छुट्नुको  हिसाब नरहोस
जिउनु गजब  रहरमा उसैको ।

सुगन्ध प्रेमको लैजाउ ए बतास
फैलाउ चुमेर अधरमा उसैको ।

पिउनु शराब गलत भो कसरी
रमाउँछ मन असरमा उसैको ।

सबै हार मन्जुर, एकै चाह मनमा
काँध होस् अन्तिम सफरमा उसैको ।

No comments:

Post a Comment