Sunday, January 20, 2013

आकाश दबाबमा छ


 खबर के दियो  बिहानीले आकाश दबाबमा छ
अनौठो अभाव मौषमभरि बतास दबाबमा छ  ।

 सन्देश खोज्छ  नजर उठ्छ चियाउँछ बादलमा
 आउँदा  घरदेश सम्झनामा प्रवास दबाबमा छ  ।


खरिद बिक्री चल्छ  भावना बेचिन्छन बजारमा
 मनले मन छुन नसक्दा आभास  दबाबमा छ  ।

गुन्गुनाउँछ भवरा उस्तै, विरहको गीत फेरी
ओईली झर्दा  बागको फुल सुबास दबाबमा छ  ।

No comments:

Post a Comment