Sunday, January 20, 2013

नयन देखि दिलमा छिर्ने आभास गजब छ


नयन देखि दिलमा छिर्ने आभास गजब छ
सागर माथि  तस्बिर कोर्ने  प्रयाश गजब छ ।

चनाखो भै सम्हालिन् आफै  छैन भर मौषमको
पलमै हुन्छ धमिलो कालो आकाश गजब छ ।


भेट्टीयो आज  किताब माझ  फुल त्यो ओइलेको
ओइलिए पनि गुलाबमा मन्द  सुबास गजब छ ।

कोसिस एकै  मेरो सधैको अतित बिर्सी जाउँ
सुगन्ध उस्कै ल्याउँछ फेरी  बतास गजब छ ।

जिन्दगी अल्झ्यो कहानी जस्तै फेरोमा समयको
अतृप्त प्यास  नजरको  उही तलाश गजब छ ।

फुल्यो होला सुनाखरी,फेरिदै होला रङ्ग
घरको माया  सम्झाई रन्छ प्रवास गजब छ  ।

अचम्मै भाछ खै किन मुटु धड्किदै छ बेस्सरी
जिन्दगी र मृत्यु बीचकै यो सन्त्रास गजब छ ।

No comments:

Post a Comment