Friday, January 18, 2013

यो मौषम अनि शहर बैमानी


यो मौषम अनि शहर बैमानी
उस्तै मनभित्र रहर बैमानी  ।

आउँछन  झस्काउन फेरी एकान्तमा
उनकै यादका यी लहर बैमानी  ।

न रातमा निद न दिनमा होस
प्रेम नै हो रे रोग  ठहर बैमानी ।

पिएको त थिएँ  ज्यानै  दिउँ  भनि
नशा पो दिदै छ जहर  बैमानी  ।

आफ्नो छैन मूल खोलाको नै भर
उर्ली उर्ली बग्छ नहर बैमानी  ।

निर्मला खड्का
भैरहवा

No comments:

Post a Comment