Thursday, April 4, 2013

एक ठेस जिन्दगी (कबिता)


एक ठेस जिन्दगी
पाईला चाल्न खोज्छ
हिमाल,पहाड,तराई हुदै मरभूमि सम्म
एउटा निरन्तर लक्ष बोकेर
महत्वाकांक्षाको थैलोमा ।

के हुँ म ?
सपना, यथार्थ, चाह ,तृष्णा
पाप पुण्य, लोभ लालच
जिम्मेबारी, थकान
या एक मुठ्ठी हावा
या एक निमेष समय ।

के र को हो मानव ?
म,तँ या ऊ
या अब्राहम लिंकन र ओबामा
मोनालिसा या डायना
हिलारी वा तसलिमा
सेक्सपियर कि हरिबंश
या सुदुर पश्चिन नेपालका राउटेहरु ?

सिस्नो ले छोईदा शितल हुन्छ मन
पागलहरुको यो बस्तीमा
आगोको मुस्लोमा अतृप्त तृष्णा जमाउन सके पो
पागलहरू
तर फेरी सद्धे र सभ्यताको दौड
एक को पछी अर्को जन्तुहरु आँखा चिम्लेर दुगुर्छन
एक तमासले
एक बुँद खोला छुन
एक प्यास जीवन म्याराथुन जित्न
इतिहास लेख्छ कुकर्मको उपन्यास
फेरी रामायण,महाभारत ।

आज परेका सबै सबै दिवसहरुमा समर्पित (2013/march poem day  )
(प्रकासनको लागी पठाएको )

No comments:

Post a Comment