Thursday, April 4, 2013

गहिरो मौनता


गहिरो मौनता
हामी दुवै बीच पसारिएको छ ।
न ऊ बोल्छ
न म बोल्न सक्छु
कती रहर अल्मलिए यस्तै

कति उमंग ओईलिए फेरी
अधर मुस्काउँछ,
शितका थोपाहरु लिएर
नयाँबिहानी चाहिन्छ
फेरी फक्रिन त्यो कोपिला
मौनता अझै गहिरिन्छ,
के तिमीले नज़र पढेका छौ या पढ्यौ ?
पक्कै त्यहाँ कुनै काब्य छैन
छैन भने
किन यो सुनसान मध्य रात जल्दै छ त ?"

No comments:

Post a Comment