Thursday, April 4, 2013

म कि तिमी ?


बडेमानको  एैना
धुलै धुलोले भरिएको
सामु उभिन्छु
अनि
म आफ्नो मुहार पुच्छु ।

धुमिल हुन्छ नजर
आफनै अनुहार देख्न नसक्दा
छाला नै रातो हुने गरि पुछिएको मुहार
भत्भती पोल्न थाल्छ ।

हैन किन यती नराम्री हँ ?
प्रश्न  गर्छ एैना
मलाई झनक्क रिस उठ्छ
अनि प्रति प्रश्न गर्छु
म कि तिमि ?

No comments:

Post a Comment