Monday, April 22, 2013

खुबै छन सल्लाहकार यहाँ !


अती जानकार  खुबै छन सल्लाहकार  यहाँ
केहि बोले हुन्छ  माहौल गजप खुंखार यहाँ ।

अलि स्पस्ट भै कुरा गर न हौ ए मित्र बन्धु
अस्पस्ट कुरामा खै के ठान्नु वफादार यहाँ  ।

फूलले पनि लाग्ला चोट सक्दैनौ कि सहन अब
इँट चुन खडा गर  आफ्नै वरिपरी दिवार यहाँ  ।

बोली हैन सोच  बिचार खुला पाउँन सके पो
बिद्धवानकै  देख्छु किन फरक ब्यबहार यहाँ  ।

No comments:

Post a Comment