Thursday, April 4, 2013

एक बुँद जिन्दगी


एक बुँद जिन्दगी पग्लिएर काठे कलम भरिन्छ
र त भिजाउँन्छ उदास , उराठ बेरंगीन दैनिकी पानाहरु ।

कती सहज र सरल छ त्यो तरलत्व बुझाईमा
कती मिहिन र मलिन छ भोगाईहरु यहाँ लेखाईमा ।

हेर न माटो मुनी जरो फैलाएको त्यो बुढो रुख
फेरी पालुवा हाल्न तम्सन्छ ।
अरे ! हिजो मात्रै विचार विमर्श गरिदै थियो  ।
चर्चा चल्दै थियो यो रुख काट्ने र काटिनु पर्छ को
कागजका सेता पानाहरु भरमार होलान बहुमतले
किन कि
यसको छाहरीले  पोल्छ रे बटुवाको मन  ।

 एकाध मिटर कात्रो पर्खर्दै  चिहान शुन्य छ हिजो आज
पतझड संगै न्याउँलीले बैशालु गीत गाउन खोज्दै छे जीवनको चैत  ।

अब म लाली गुराँस छुन्छु,बन कुसुम चुम्छु
पारिजात र सडक किनारका निला फूलहरु सोह्रेर बटुल्छु
अनि अन्जुली भरी लिएर सुँघ्दै
बढार्छु  मुहार अघिको एक अँगालो जी हजुरीमा रमाउने मन खुशीहरु र
बटुलिएको कसिंगरको थुप्रोमा एक  झिल्को सलाई कोर्छु  ।

No comments:

Post a Comment