Thursday, April 4, 2013

जिन्दगी तलाश गर्दै छु


उजाडिएको बस्तीमा जिन्दगीको तलाश मेरो
एक मुठ्ठी सास उधारो दिने साथीको तलाश मेरो  ।
जुन समय मेरो थिएन अतित बन्यो ठिकै भो
रातको अँधेरीमा आफ्नै भोलीको  तलाश मेरो  ।

कहाँ छुट्यो कविता ,बयान बोल्ने मुस्कानको
नयाँ भिड तर  पुरानै  कविको  तलाश मेरो  ।

धड्किन्छ मुटु दुख्छ नमिठो गरि परदेशमा
हर उषामा घरकै  बिहानीको  तलाश मेरो ।

रहर  मात्र हैन सागरको  लहर संग खेल्ने
चाह गहिराईमा  डुबेर मोतीको तलाश मेरो  ।

No comments:

Post a Comment