Thursday, April 4, 2013

म लाहुरे

 म विदेश ( लाहुर ) जान्छु ।
निर्णयात्मक थियो स्वर  
अनि छरपष्ट कठोरता ।
विस्फारित हुदै केहि जोडी नज़र 
पुर्लुक्क उठछन् 
तिमी छोरी  मान्छे  लाहुर जान हुन्न ।
लाहुरे हुन बाहुबल चाहिन्छ  अनि के के 
 छोरी  कमजोर (मान्छे न ) हुनु को आभास दिलाईन्छ
एकलास अट्टहास लाउँछ मेरो मन यो मानसिकतामा 
तर
(मेरो अन्तर आत्मा बोल्छ "तिमी छोरी मात्र नभएर आमा(जननी ) पनि हौ )
मुहार धपक्क बल्छ "कर्तब्य बोधले "
अनि  त्यै चमकको असर बोल्छ  केहि मधुर भएर 
"तिमी बस्न सक्दिनौ एक्लै त्यहाँ  "
जस्तो कि "मेरो आत्माले साथ पाएको छ सधै "
"तर म जान्छु " जवाफ फर्काउछु ।

केहि दिनको अथक प्रयाश 
कती बाद  बिबाद पछी 
मेरो बनबासको 
आबेदन पारित हुन्छ ।

पहिले पटक 
हवाई जहाज चढेर "मेरो माटोलाई "फेरी भेटौला " को सन्देश सहित हात हल्लाउछु "बिदाईको "
सपना ,रहरहरुका थाँती मातृभूमीको माटोमै  पुरेर 
म  नियतीलाई चुनौती दिदै उसले लेखेको भाग्य अस्विकार गर्दै आफ्नो कर्म  कोर्न हिड्छु र 
छोरी लाहुरे हुन्छे ।

सालौ परदेशको माटो सिच्दै बित्छ 
हो ,मरुभूमी मलिलो  छ 
त्यसैले त क्यक्ट्स फुल्छन यहाँ 
म पनि क्यक्ट्स संगै फक्रिन फुल्न खोजि रहेको बर्षौ भयो ।

हजारौ माईलको दुरीमा दुराभास को उपलब्धिमा मन रमाउन चाहन्छ ।
"घर आउँन  मन लाग्दैन हो "? मेरा साथि संगीको गुनासो 
(घरमा नौलो समस्याले फेरी पन्जा फैलाएको छ )
"म सन्चै छु ?" मनले सोध्छ ।
थाहा छैन ? अलमल्ल हुन्छ मन 
कोहि भन्छन "कति लोभी भयौ  पैसाको ( साँच्चै नै हो कि ? )
( मानौ मेरो बैंक खाताको जानकारी छ उहाँहरुलाई )"
घरदेशमा आजभोली हल्ला चलेको छ 
 सबै त्यागेर पैसामा रमाई   
कोहि भन्छन स्वार्थी रैछ "घरदेश भुली "
"छोरा छोरी समेत भुली " आरोप लाग्छ 
कोहि सोध्छन "बैंक खातामा टन्न पैसा होला है  ?"
हिसाब किताब मा कमजोर छु 
एउटा एकाउन्टेन राखेकी छु 
उसैले गर्छ सबै हिसाब आजभोली " सुस्त जवाफ दिन्छु 
भनिन्छ "ओहो ठुली पो भएछौ"
"हो ,निकै अग्लिए लाहुरमा  " सुस्केराँ हाल्छु अनि 
सोध्छु मेरो एकाउन्टेनलाइ 
बर्षौ भयो मैले सबै छोडेर सबै पाएको 
आज हिसाब किताब गर्नु पर्यो 
"ए नियति ! भन  मेरो खातामा कति ब्यालेन्स जम्मा भएको  छ "? 
"साँवा र ब्याज सहित ? "

No comments:

Post a Comment