Thursday, May 2, 2013

जती दुर छन उती धेरै समिप छन कोई कोई


जती दुर दुर छन उती समिप छन कोई कोई
यादमै हुन्छन् तर  अपरिचित छन कोई कोई  ।

कसैले सम्झेको छ खबर आउँदैन  यहाँ
भनिदिनु यो जिन्दगीमा अमिट छन कोई कोई  ।

भन्छन नाम हो सम्पती ,कमाउनु कसै गरि
साँच्चै ! सोच विचारमै  गरिब छन कोई कोई  ।

जिउदो हुँदा उसलाई   नचिन्नेको लाम थियो
शवयात्रामा सुटुक्क सरिक छन कोइ कोइ  ।

नजर पढ्ने भन्छन तस्विर राख्छु  आँखाभित्र
उनको नाम के हो जान्न अधीर  छन कोई कोई  ।

No comments:

Post a Comment