Monday, May 6, 2013

अमृत भनि जहर बाँडिनेछ यहाँ


पिउन भनि रगत बाँडिनेछ यहाँ
हरे  कस्तो इतिहास कोरिनेछ यहाँ  ।

पक्का हो यो समय कलियुग बाँच्दै छ
अन्याय गर्दै धर्म ग्रन्थ पढिनेछ यहाँ  ।

पिठ पछी हैन ,अघि आई  हान  साथी
कस्को औकात कति बल्ल देखिनेछ यहाँ  ।

 जब सम्म राख्छौ स्वाभिमान बन्धकीमा
 पसिना र  आसुँले नै  रुझिनेछ यहाँ  ।

ईमान रहोस साँचो लगन दृढ  उस्तै
अघि बढ्दा अझै लक्ष्य भेटिनेछ यहाँ  ।

No comments:

Post a Comment