Sunday, May 5, 2013

सुगन्ध लिई बतास चलेको छ बुझ !


सुगन्ध लिई बतास चलेको छ फेरी
चुम्दा उसैले उस्तै तन गलेको छ फेरी  ।

हेर देखिदैछ  कालो बादल आकाशमा
नराम्ररी बस्ती कतै जलेको छ फेरी  ।
युद्धको तयारी चल्दै थियो मैदानमा
अगावै गद्दार कसरी  ढलेको छ फेरी  ।

मुहार उज्यालो देखि चर्चा गर्नेहरु सुन
दिलमा अलौकिक दियो बलेको छ फेरी  ।

मुस्काई रहन्छौ हर पिडामा कसरी
शत्रु हैन् मित्रलाई यो खलेको छ फेरी  ।

No comments:

Post a Comment