Monday, May 6, 2013

सधै बहाना अनि आनाकानी हजुरको


सधै  बहाना अनि आनाकानी हजुरको
हुन्छन् कयौ गल्ती जानाजानी हजुरको ।

हैन बजार, फेरी कस्तो भिड हो यहाँ
किनबेच झैँ चल्छ  तानातानी हजुरको ।

समय बदलियो ,कयौ मौसम बद्लिए
आज पनि उस्तै छ मनोमानी हजुरको ।

माफी चाहे  नसोची बोल्ने बानी छ मेरो
अन्जानमै गरेकी मानहानी हजुरको ।

खुबै आदत छ रुप हेरी नाता जोड्ने
केहि त बदल्नै पर्छ यो बानी हजुरको

No comments:

Post a Comment