Sunday, May 19, 2013

प्रकृति र बिज्ञान


म भ्रुण गर्भाशयमै हुर्केको
न कि कुनै प्रयोगशालाको टेस्टट्युबमा
म खुला आकाशमा सास फेर्छु
उसलाई बन्ध कोठामा सुगन्धित अक्सिजन चाहिन्छ
धुलो उडेको धर्ती चुम्दा मैले प्रकृतिको सुबास पाउँछु
तर
जिन्दगी को अर्थ म के मा खोजूँ /खोज्नु ?
दुई खुट्टा मा या चार,छ आठ चक्कामा
म ज्ञान के बाट लिउँ/लिनु  ?

गाउँको जिर्ण परेका आधा अधुरा भवनमा क,ख, ग , घ पढेर
या
शहरका उच्च अनि बिशाल टल्किने भवनमा A,b,c,d घोकेर
फेरी सौन्दर्यको अर्थ कसरी बुझ्नु
मनलाई या उज्यालो रङ्गलाइ ?
धन के हो
कागज या कला ?
आमाको गर्भ  भन्दा गौरव र भाग्य के एउटा प्रयोगशालाको ट्युब हो र ?
म प्रकृति
उ बिज्ञान
तर फरक किन यती फरक ?
कि
ऊ महल बाँच्दै छ
म सडक बाँच्दै छु !

No comments:

Post a Comment