Friday, June 14, 2013

अन्जान हैन चिनाजानी मै खतरा अब !

अन्जान हैन चिनजानी मै खतरा छ अब
मित्रले गर्ने  वफादारी मै खतरा छ अब  ।

घातको नियम आउँ सिकौ भन्छ मेरो साथी
कयौं निती मान्ने यो दोस्ती मै खतरा छ  अब ।

धड्कनै भुली यादका मोतीहरु बटुल्छ
दिलले गर्ने सानो जिद्दी मै खतरा छ अब  ।

यादहरुले चिथोर्छन् एकनास भित्रभित्रै
हिड्न डुल्न पुरानो गल्ली मै खतरा छ अब  ।

हावा पानी ,रिस राग समयको बन्धकी म
सबैको उधारो यो जिन्दगी मै खतरा छ अब ।

No comments:

Post a Comment