Friday, July 5, 2013

चाह

गहिरो कालो रङ्गको आँचल ओढेर
मन्द मन्द मुस्काउदै गरेको रात
अलमल्ल जुन
छरपष्ट पोखिएको जुनेली संगै
तप्किने शितका प्रत्येक बूँदहरु
मनको चिता सल्काउन काफी छन

सुनसान रातमा
ओठहरु सल्बलाउँन थाल्छन
हिजोको प्रेम कहानी सुनाउन
कोहि चुपचाप
केहि हलचल
मनको आँगनमा देखिन्छ
थाकेका एक जोडी आँखा
मधुरो सपना च्यापेर
नयाँ ऋतुको आगमनमा
ओईलिएको पलाँसलाई जीवनको लोभ दिन्छन

हो मलाई त्यै जुनेली रात
पलाँसको छायाँ
कतै युग ,कतै पल बितेको समय
अनि तिम्रो धेरै याद आई रहेछ
तर म फेरी त्यो समय बाँच्ने चाह राख्न सक्दिन  ।

No comments:

Post a Comment