Thursday, July 11, 2013

म एक्लो छैन पलहरु संगै

पलहरु सम्हालु या हलहरु खोजु ?
बसन्त अनि बर्षा ऋतुहरु आउछन जान्छन
सुकेका खैरा पातहरु भुईभरि छर्दै उपहार हरिया मुना दिएर
बर्षाले उमंग सिचेर रङ्गीन बनाउदै गर्छ
जिन्दगी कती असहज लाग्छ

कहिले रङ्गै रङ्गको समिश्रण कतै कस्तो बेढंगको
मलाई सुकेका ती पातहरु हातमा लिएर घन्टौ नियाँल्ने रहर थियो
मुनाहरुले बयली खेल्छन अनि सबै सबै उडाएर जान्छ
म पलुवालाई चुम्दै उसको नियती सोच्छु
उसलाई उसकै रङ्गमा खुशी रहने प्राथनामा दुबै हातहरु हावामा फैलाएर
अब म एक्लै छैन पलहरु संगै ।

No comments:

Post a Comment