Tuesday, October 15, 2013

दशैंको सेल बजारमा जिन्दगी

एका बिहानै
तरंगहरु  फैलिन्छ मन भरी
घरको अगाडी दुर्गा स्थापना गर्यौ त ?
शरदको बदलिदो मौसम संगै
झिसमिसे बिहानीको मन्द चिसोमा
मेरो मन दुर्गा दर्शन गर्न आएको छ ।


ए संगीनी ! अरु बेला समयको अभाव जिउने म
यी दिहरुमा तिम्रै अघि पछी हुन्थे
आँगन भरी मगमग सुगन्ध छर्दै सयपत्री
रातको शित ले छपक्कै रुझेको दुबो
फूल चुड्न हुदैन भनी गर्ने प्रवचन
भगवानको अगाडी दुई हात जोड
शुद्ध मनले त्यहि काफी हुन्छ
अर्ती र उपदेश
यसैमा खुशी मेरो मन ।


हो जिन्दगी किताब भएको छ
पाना पानामा काव्यिक भोगाई

बजारमा सेल लागेको छ दशैंको
किनमेल  अर्थ बेअर्थ बर्षदिनमा
ए संगीनी !
मेरा लागी म बिनाका बर्षहरु किनी राख है
म यहाँ यादहरु समेट्ने छु
तर
यथार्थ
म पनि बेचिदै छु सुपथ मुल्यमा
उही /उस्तै /उसै गरी
किन्ने छ कोई /कसैले
दशैंको सेल बजारमा यो जिन्दगी 

No comments:

Post a Comment