Tuesday, October 15, 2013

आजकल

यसरी सहरको नियम तोड्याछन आजकल
यारहरु सराब  पिउन  छोड्याछन आजकल ।

खै कहाँ के कमि भयो मेरो दोस्तीमा हिजो आज
र त सुटुक्क अन्तै पाईला मोड्याछन आजकल  ।


एेना बेईमान सौन्दर्य हैन चरित्र देखाउँछ
रिस त हो घरकै  सिसा फोडयाछन आजकल  ।

ओहो  कस्तो बिद्धवान  हुन थाल्यो मानिस अब  
नाता भरी नाफा नोक्सान जोड्याछन आजकल ।

No comments:

Post a Comment