Monday, October 28, 2013

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ
त्यसैले त त्यहाँ पुग्न सबैलाई मारीमारी छ ।

उ गाउँ छोडी सहर पस्छ फेरी देश छोड्छ
यो मौका हो उपयोग गर्नु मै समझदारी छ ।


पसिना पोख्छ,कर्तब्य सोच्छ पल पल बेचिन्छ
लुटिन्छ र भन्छ यो युग कती चमत्कारी छ ।

परदेश हो दुख सुखको हिसाब लिई नबस्नु
सधै मुस्कुराई राख्नु देशको आदेश जारी छ  ।

एक पटक मनमा राखेर त हेर ओ साथी
तिम्रो आदर्श भन्दा मेरो ईमान कती भारी छ ।

No comments:

Post a Comment