Tuesday, October 15, 2013

सबै फकिर देखिन्छन ।

यो सहर हो त्यसैले त सबै फकिर देखिन्छन ।
क्वै चिनेजानेका कयौ अपरिचित भेटिन्छन ।

हर कोई तल्लिन केहि न केहि गर्न मै तर
खै के के गर्छन भुलै भुलमा भुल थपिन्छन ।


यो बस्तीमा व्यापारीको आवत जावत छ धेरै 
सम्हाल्दा सम्हाल्दै सपनाहरू अन्जानमै बेिचन्छन ।

देश स्वतन्त्र भो चुनाव छ रे खबर सुन्छु 
नमिठो त्रास छ अब कति निर्दोष मारिन्छन । 

उ सुझाव िदन्छ रामायण महाभारत पढ्न 
फेरि आँखाभरी मेरै घरको िचत्र बल्झिन्छन ।

मेरो गाँउ बस्ती लेक बेसी साक्षार भयो अब 
कलम छ र त युद्धको ईतिहास लेखिन्छन ।

No comments:

Post a Comment