Tuesday, October 15, 2013

याद आयो आज

याद आयो आज उनको रात लम्ब्याई गयो फेरी
सम्झी दिदा तिनै दिन मन जलाई गयो फेरी

बन्द थिए पानाहरु,किताब भित्र अतितको
आयो झोका बतासको पाना पल्टाई गयो फेरी


लेख्न बसें प्रेमकथा, रमाइलो थ्यो आरम्भ त्यो
लेख्दा छुटेको त्यो साथ ,चस्स दुखाई गयो फेरी

भेट हुँदा दोबाटोमा ,झुक्यो नज़र तिम्रो जब
सम्झनामा नमेटिने दाग बनाई गयो फेरी

गर्यौ कुरा अँध्यारोमा ,दोष माने समयको

स्वार्थ तिम्रो थाहा हुँदा घाउँ बल्झाई गयो फेरी

No comments:

Post a Comment