Monday, October 21, 2013

अँध्यारो र सपनामा

निपष्ट अँध्यारोले
सपना देख्छ उज्यालोमा
सपना रंगीन
बिपना उजाड
अब म एउटै काम गर्छु
सपनाहरुको सबै रङ्ग चोरेर

बिपनालाई चुर्लुम्म भिजाई दिन्छु
अनि बनाउँछु
नयाँ रङ्गहरुको समायोजन
नयाँ इन्द्रेणी
संगै
नयाँ प्रयोग
अँध्यारो र सपनामा ।"

यो सहरको उदासिनताले पिरोल्छ 

No comments:

Post a Comment