Tuesday, October 15, 2013

फेरी आयो रात उही

फेरी आयो  रात उही
सम्झाउदै  बात उही

खोज्छ मन सपनीमा
न्यानो  स्पर्श  हात उही


बग्दै छ  नशा भरी अझै
 नजरको  मात उही

स्मृतीमा  अमुर्त  संगै
रुझेको  बरसात उही


नदिनु मलाई ए दिन
रातलाई झैँ  घात उही 

No comments:

Post a Comment