Tuesday, October 15, 2013

तस्विर हृदयमा थियो

बहाना अनेक उसको तस्विर हृदयमा थियो
बयान -ए-प्रेम त्यो नजरको तड़पमा थियो ।

गर्नै सकिन जाहेर-ए-प्रेम उसको सामु भन्थ्यो
त्यसैले त्यो प्रीतको सुवास गजलको हरफमा थियो ।


भन्थे के गर्नु भर मायालाई बाँचाले बाँध्नेको
विश्वास किन सधै टुटी जाने कसममा थियो ।

हरेक पल प्रतिक्षा बनि रह्यो यो जिन्दगी
थाहा भो आज उसको साथ हर सफरमा थियो ।

सोध्छन के छ प्रेम लायक त्यो बेहोसी शायरमा
मेरो पागलपन उसकै अलग अन्दाजमा थियो ।

(हिन्दी उर्दूको देखा सिखी लेखाईमा )"

No comments:

Post a Comment