Friday, November 1, 2013

हार निश्चित,सल्लाह बढ्दै थियो

हार निश्चित,सल्लाह बढ्दै थियो
दिलमा अनौठो उत्साह बढ्दै थियो

जब मृत्यु सबै भन्दा करिब आयो
तब जिन्दगी को चाह बढ्दै थियो  ।


साँझ ढल्दै जाँदा गला बस्दै जाँदा
महेफिलमा सुस्त वाह बढ्दै थियो  ।

मेरो रोगको खबर फैलिए पछी
अन्तत  उनको निगाह बढ्दै थियो  ।

No comments:

Post a Comment