Tuesday, November 26, 2013

यादको ताप

चिसो यो रातमा
अतीतको सम्झना
वर्तामानको संघर्ष
भविष्यको अन्यौलता
मिश्रित ताप दिन्छ ।


केहि प्रश्नहरु उभिए,नाजवाफ रहे
अनगन्ती सवाल जुन मैले कहिल्यै सोधिन
लम्पसार निस्तब्धता हामी माझ
मौन रहेरै प्रेमको अर्थ खोज्न
मेरो समय
मेरै जिन्दगीको शब्दकोश पल्टाउछ ।

आधा निदमा ब्युँझाएर
चाहत राप दिन्छ
हिउँ जमेका भावनाहरु पगाल्न
तिम्रो अक्स नज़र अघि मुस्काउँछ
छट्पट्टि रहेका सवालहरुले
एक न्यानो जवाब भेट्छ
तिम्रो आगमनको अनुभूतिले
फेरी मिश्रित ताप दिन्छ
यो चिसो रातमा  ।

No comments:

Post a Comment