Friday, November 8, 2013

म एक मरेको मान्छे

अभिष्टता यथावत
अभ्यावेदन
म अमल
अनगन्ती छालहरुले तरंगित
अचेतन मन अभियोग बर्बराई रहन्छ
म एक मरेको मान्छे ।


चर्का अस्पष्ट स्वरहरु
उस्तै अमावस्याको रात
अनुभुति
जो सधै आफैसंग अपरिचित छ
कहिं त तय छ यी दृष्यहरुको नियती
खण्डहर दृष्य
चोक्टा चोक्टा उद्देश्य
अभिष्टता यथावत
अभ्यावेदन
म अमल
बर्बराई रहन्छ
म एक मरेको मान्छे ।

No comments:

Post a Comment