Tuesday, December 24, 2013

भन्छन यहाँ प्रचार हुनु पर्छ

भन्छन यहाँ प्रचार हुनु पर्छ
पत्रकार या सरकार हुनु पर्छ ।

मरेर जाँदा के भारी लान्छौ ए साथी
लासको  एक हकदार हुनु  पर्छ ।


सुर्य चन्द्र,रहस्मयी छ प्रकृति
जिउनुको यस्तै सार हुनु पर्छ  ।

यदि चाहत इच्छा खेल हुन् भने
सधै तिम्रो जीत,मेरो हार हुनु पर्छ ।

No comments:

Post a Comment