Sunday, April 13, 2014

नयाँ बर्ष

जीवनको अन्जुलिबाट
तप्प तप्प तरल भएर चुहिने समय
चैत झरेर रंगीन भएको सडकभूई
अप्राय चाहतहरु
सासको वक्रता
समयको फेहरिस्त
निस्तब्ध निशा
परिवर्तन खोज्छ आफैमा ।


उही आशिष
उस्तै सोच
राग,अनुराग
जिन्दगीको बाजी र म्याराथुन
न बदलिन्छ तस्विर
न बदलिन्छ तक्दिर
न नयाँ हुन्छ शुभकामना
हो बदलिन्छ त
बर्ष अनवरत नयाँ भएर ।

यो युगको यो बर्ष नयाँ हो,
जसमा मेची महाकाली संसार भरि बगेको छ
कयौ जंघारको कम्पन सहेर
विनासका संकेतहरु हटाई
चैत झरेर नयाँ पालुवा मुस्कउदा
संसारकै मनको संवेग
उही पुरानै बैशाखमा
नयाँ बैश फुलाउने शुभकामना ।

No comments:

Post a Comment