Saturday, April 5, 2014

समयको इतिहास

समय
इतिहास लेख्छ
कतै सिमा युद्धको
कतै गृहयुद्धको
कतै खुनको
कतै अध्यागमनको
कतै पसिनाको
कतै भोकको
अनौठो लाग्छ

फेरी उही समय
इतिहास पढ्छ
बालुवामा डढेका पैतालाको
मरभूमिमा तिर्खाएका योद्धाको
अब्यब्स्था
असुरक्षा
महंगाई निरोधको बिरोध
इमान्दार अपराधीको
र जवाब पर्खिन्छ
नयाँ पिढीको
एक दिवस
पुर्खाको जयजयकारको
आन्दोलनको
सीमाको बिमाको
समय फेरी लेख्छ
इतिहास पढ्नलाई ।

No comments:

Post a Comment